RUMPUM
animated ellipse animated ellipse

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको अभियोगमा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७७, आईतवार १४:१४
3
Shares
ईलाम /सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा ईलाम फाकफोकथुम गाउँपालिका ७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई पक्राउ गरिएको छ ।

लिम्बुले आफ्नो फेसबुक स्टाटसमा ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो भनि तथ्यहिन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाईएपश्चात जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर