AArya
RUMPUM
animated ellipse animated ellipse

कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ बैशाख २०७७, सोमबार १९:३२
3
Shares
विराटनगर / कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार २ सय ७८ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १८ लाख ६७ हजार १ सय २९ पुगेको छ । संक्रमित मध्ये ५० हजार भन्दा बढि गम्भीर अबस्थामा छन् ।

संक्रमितमध्ये करिब ८० प्रतिशत, ४ लाख ३४ हजार ९८ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५ लाख ६० हजार ४ सय ३३ जना संक्रमित हुँदा २२ हजार १ सय १५ जनाको मृत्यु भएको छ । स्पेनमा १ लाख ६९ हजार ४ सय ९६ जना संक्रमित भएका छन् भने १७ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ भने १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर