विराटनगरको शिक्षादिप कलेजले गरियो पहिलो अभिमुखिकरण तथा स्वागत कार्यक्रम

खबर पूर्वाञ्चल, २९ श्रावण २०७९, आईतवार १८:२३
918
Shares
विराटनगर / विराटनगरमा ९ मा रहेको शिक्षादीप कलेजले १५ औ ब्याजका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण तथा स्वागत गरेको छ

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकयाका विद्यार्थीहरुलाई कलेजको बारेमा आज जानकारी गराएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेमका निर्देशक डा.नविन शर्मा, विराटनगर महानगर पालिकाका पूवै प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कलेजको कार्यक्रम संयोजक वसन्त बस्नेत र कलेजका निर्देशक रामचन्द्र अधिकारी, र रमेश मण्डललगायले कलेजको बारेमा जानकारी गराएका थिए । भर्ना भएका ७ सय १० जना विद्यार्थीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत समेत गरिएको थियो ।

अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज शिक्षादीप भएकोले हाम्रो रोजाईमा परेको विद्यार्थी अनमोल अधिकारी, सिम्रीका तिम्सीना, निहाल रौनियार र रितेश भट्टराईले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५