पूर्वाञ्चल खबर
सोमवार राती पौने ९ बजेको समयमा भोजपुरको रानीटारबाट खाद्यान्न बोकेर बालंखातर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर ट्याक्टर चालकको साथमा रहेको नगद २१ हजार ५ सय लुटपाट गर्ने आमचोक गाउँपालिका ८ का ३२ बर्षीय लोकबहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८ बर्षीय देवराज तामाङलाई गाउँघरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका ७ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।