RUMPUM
animated ellipse animated ellipse

लकडाउनमा प्रणामी परिषदद्धारा विरामी र कुरुवालार्इ भोजन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७६, मंगलवार ०९:०८
18
Shares
विराटनगर / लकडाउनले समस्यमा परेका विरामी र कुरुवाहरूलाई श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले एक सातदेखि निःशुल्क साहाकारी भोजन गराउदै आएको छ ।

परिषदले विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भर्ना भएका विरामी र उनीहरूका आफन्तलाई भोजन गराएको हो ।

लकडाउनले गर्दा होटल र पसलहरू सबै बन्द भएको अवस्थमा विरामि र कुरुवालाइ दैनिक साँंझको प्याकिङ गरेको खाना खुवाउँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् विराटनगरका नगर अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । होेम प्याक खाना बनाएर एक सातदेखि विरामी र कुरुवालार्इ खाना खुलाउँदै आएको उनले बताए ।

धार्मिक संस्था भए पनि सामाजिक कार्यमा पनि हात अगाडी बढाउदै विरामीको कुरुवाहरुलाई भोजन गराईएको कोरालाले बताए । यस अघि उत्त सँस्थाले हप्ताको शनिबार अस्पतालका विरामी र कुरुवालार्इ भोजन गराउदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर