AArya
RUMPUM
animated ellipse animated ellipse

लकडाउनलाई कडाइ गर्दै एक स्थानीय तहबाट अर्को स्थानीय तहविच आवागमनमा रोक लगाउने सरकारको निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७६, शनिबार २१:१७
3
Shares
काठमाण्डौं /सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने निर्णय गर्दै लकडाउनलाई थप कडाइ गर्र्ने े निर्णय गरेको हो ।

मन्त्रीपरिषद बैठकले लकडाउनलाई कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैत ११ गतेबाट मुलुकभर लकडाउन गरिरहेको छ । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लम्ब्याइएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले अर्को बैठकमा निर्णय हुने जानकारी दिँदै कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस .(कोभिड–१९ं) र्को यापिड टेष्ट गर्ने निर्णय भएको बताउनुभयो । सुदुरपश्चिममा स्थानीयमा संक्रमण देखिएको र बाग्लुङमा २ जना संक्रमित पाइएकोले सरकारर्ले यापिड टेष्ट गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर