RUMPUM
animated ellipse animated ellipse

आगललागीबाट ६० लाख बढीको क्षति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०७६, बिहीबार १२:५०
3
Shares
फाइल तस्वीर

ओखलढुङगा /ओखलढुङगाको मोलुङ गाउँपालिका ६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी ६० लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आज बिहान शेर्पाको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा शेर्पाको टीनको छानो भएको २ तले घर, सोही घरमा रहेको होटल, अन्नपात, भाँडाबर्तन ,लत्ताकपडा , नगद २ लाख साठी हजार, पसलको किराना सामान समेत जलेर नष्ट हुँदा अन्दाजी ६० लाख बराबरको क्षति भएको हो ।

यसैगरी छिमेकी टेकमान राई र पदम तामाङको घरमा समेत सामान्य क्षति हुँदा करिव १७ हजार बराबरको क्षति भएको छ । सो आगलागी प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा साँढे ९ बजे नियन्त्रणमा लिईएको थियो भने कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर