पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर । लकडाउनमा विराटनगरमा अलपत्र बनेका यातायात मजदुरलाई आजदेखि खाना ख्वाइएको छ ।

कोरोना भाइरसले विश्वव्यापी महामारी कारण गत चैत ११ गतेदेखि मुलुकभर सरकारले लकडाउन गरे पछि धेरै यातायात मजदुरहरु अलपत्र परेपछि लकडाउनको आठौं दिन आएर नेपाल यातायत स्वतन्त्र मजदुर संगठन, सुनौलो पूर्व नेपाल यातायात सेवा प्राली, वसपार्क व्यवस्थापन समिति, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल मजदुर संघको सम्यूक्त सहकार्यमा लकडाउनमा अलपत्र परेका ६५ यातायात मजदुरलाई विराटनगर वसपार्कभित्र रहेको एक होटेलमा दुई छाक खाना ख्वाएको नेपाल यातायत स्वतन्त्र मजदुर संगठनका विराटनगर अध्यक्ष उत्तम बन्जाराले बताए ।
अध्यक्ष उत्तम बन्जाराका अनुसार लकडाउनको बेला विराटनगरमा अलपत्र परेका अहिले सम्पर्कमा आएका मजदुरहरुलाई विहान र बेलुका गरि दुई छाक खाना ख्वाएको अध्यक्ष बन्जाराले जानकारी दिए । हामीलाई अहिले सिएमसी स्वास्थ्य क्लवले ५० केजी चामल, १० केजी दाल, १२ केजी तरकारी र ५ वटा हात धुने सावुन सहयोग गरेको अध्यक्ष बन्जाराले बताए ।
विराटनगर वसपार्कभित्र रहेको उपकार होटल एण्ड लजले खाना पकाउन सहयोग गरेको उनले बताए ।
यदी कसैले मजदुरलाई खाना ख्वाउँनै इच्छा रहेको मनकारी दाताहरुले उत्तम बन्जारा ९८४२०२८८२९ र बाबुराम कट्टेल ९८५२०२८५७५ मा सम्पर्क गरेर खाद्यान्नलगायतको समाग्रि उपलब्ध गराउँन सक्नुहुने अध्यक्ष बन्जाराले बताए ।