RUMPUM
animated ellipse animated ellipse

प्रहरीलाई खाजा वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७६, मंगलवार १८:४३
3
Shares

खोटाङ / ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई निर्माण व्यवसायी संघ खोटाङले पानी, जुसलगायतका खाद्यन्न सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि दिनरात ड्युटीमा खटिएका प्रहरीलाई निर्माण व्यवसायी संघले सामग्री प्रदान गरेको हो ।

आज जिल्ला प्रहरी कार्यालयको प्रांगणमा निर्माण व्यवसायी संघका प्रमुख संरक्षक कुमार आचार्यलगायतको व्यवसायीको टोलीले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक वामदेव गौतमलाई पानी, जुस र चाउचाउ हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर