RUMPUM
animated ellipse animated ellipse

ढकाल र भुजेल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७६, आईतवार १७:०७
3
Shares

विराटनगर / प्रहरी चौकी प्राप्चा ओखलढुङगामा कार्यरत प्रहरी हवल्दार नविनकुमार ढकाल र इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत प्रहरी जवान सन्तोष भुजेल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

अपहरण, अवैध हातहतियारसहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरु तथा कर्तव्य ज्यान जस्तो जघन्य आपराधको घटना घटाई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न अहम भुमिका निर्वाह गरी अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी चौकी प्राप्चा ओखलढुङ्गामा कार्यरत प्रहरी हवल्दार ढकाल र इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत जवान भुजेलले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७६ साल फाल्गुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर