AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको सिमा जोगबनी नाकामा दैनिक १६ हजारभन्दा बढीको तापक्रम परिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७६, बिहीबार २०:०८
3
Shares
विराटनगर /नेपाल भारत सिमा क्षेत्रसंगै जोडिएको विराटनगर जोगबनी सिमा नाकामा दैनिक १६ हजारभन्दा बढीको तापक्रम परिक्षण हुदै आएको छ ।

भारतसंग खुल्ला सिमाना रहेको जोगबनीबाट नेपालतर्पm आउने यात्रुहरुमा दैनिक १६ हजार भन्दाबढीको कोरोना परिक्षण गरिदै आएको छ ।

विराटनगर महानगरपालिका अन्तर्गत कोरोना परिक्षणमा खटेको स्वास्थ्यकर्मी ध्यानचन्द« चौधरीले भारतबाट नेपाल प्रवेश गर्ने सबैको कोरोना परिक्षण गर्दे आएको जानकारी दिए । उनले भारतमा कोरोना पैmलिसकेको हुनाले थप कडाईका साथ भारतबाट आउनेको कोरोना परिक्षण गर्दै आएको जानकारी दिए । उनले सुरुमा दैनिक ५ सयको कोरोना परिक्षण गर्दै आएकोमा अहिले बढेर १६ हनार पुगेको तथ्याङक दिए ।

यता नेपाल प्रहरीबाट सिमानाकामा खटेको सई श्यामसुन्दर पोखरेलले नेपालको सिमामा कडा रुपमा कोरोना परिक्षण भइरहेको बताए । उनले भारतबाट नेपाल प्रवेश गर्नै गाडीका चालर र सहचालक समेतलाई कोरोना परिक्षण गर्न लगाएको जानकारी दिए । तर कोरोना परिक्षणमा खटेको स्वास्थ्यकर्मीहरुमा चेकजाँज गर्न आवश्यक उपकरणको भने कमी देखिएको छ । खटिएको स्वास्थ्यकर्मीहरुले व्यक्तीगत सुरक्षाकोलागी चाहिने परसनल प्रोटेक्टिङ गाउन र एन ९५ मास्क र चस्माको कमी देखिएको छ । तर उनीहरुले भने आफुसंग सबै आवश्यक उपकरण भएको दाबी गर्दै आएका छन् ।

सिमापारी भारतमाभने नेपालको झण्डै आधा अर्थात दैनिक ७ हजार मात्र कोरोना परिक्षण गरिदै आएको तथ्याङक फेला परेको छ । भारततर्पm कोरोना परिक्षणम अणुमण्डल अस्पताल फारविसगञ्जबाट खटेको कर्मचारी अलिअकबर अन्सारीले नेपालबााट भारततर्पm जाने दैनिक ७ हजार यात्रुमा कोरोना परिक्षण गरिदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर