AArya
RUMPUM
animated ellipse animated ellipse

रोमाञ्चक खेलमा भारतले इङ्ल्यान्डलाई १५ रनले पराजित गर्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७३, बिहीबार २२:४२
3
Shares

६ माघ, कटक /भारतले कटकमा भएको दोस्रो एकदिवसीयमा इङ्ल्यान्डलाई १५ रनले पराजित गरेको छ । भारतले ३ खेलको शृंखला २–० ले अगाडि रहेको छ । भारतले यस हधिघ पूणेमा भएको पहिलो खेल पनि जितेको थियो ।

भारतले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले पुरै ओभर खेल्दै ८ विकेटको नोक्सानिमा ३ सय ६६ रन बनाएको थियो । इङ्ल्यान्डका कप्तान इयान मोर्गनले सतक बनाए पनि दुर्भाग्यपूर्ण रुपमा ‘नन स्ट्राइकर’ इन्डमा रन आउट हुन पुगेपछि इङ्ल्यान्डको हातबाट खेल फुस्किएको थियो । एकदिवसीयमा यो उनको नवौं सतक थियो ।

१ सय २ रन बनाएर क्रिजमा हुँदासम्म इङ्ल्यान्डको सम्भावना बलियो थियो । तर, उनलाई जसप्रित भुमराले ४८ ओभरको तेस्रो बलमा ‘नन स्ट्राइकिङ’ इन्डबाट रन लिने चक्करमा रन आउट गराएका थिए । उनकै बलमा प्लुङ्केटले लामो प्रहार गर्न खोजेका थिए । तर, त्यस बललाई क्रिजमा समातेका भुमराले ‘नन स्ट्राइकिङ’ इन्डबाट रन लिन दौडिसकेका मोर्गनलाई रन आउट गराएपछि इङ्ल्यान्डले खेल गुमाएको थियो।

इङ्ल्यान्डका जोसन रोयले ८२, जोए रुटले ५४ र मध्यक्रममा मोइन अलीले ५५ रन बनाए । भारतका रविचन्द्र अश्वीनले ३ विकेट र जसप्रित बुम्रराले २ किकेट लिएका थिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारतले युवराज सिंह र पूर्व कप्तान महेन्द्रसिंह धानीको सतकको मद्दतले ६ विकेटको क्षतिमा ३ सय ८१ रनको विशाल योगफल तयार पारेकोे थियो । भारतले पाँच ओभरमै २५ को स्तीथीमा केएल राहुल, शिखर धवन र कप्तान विराट कोहलीलाई गुमाइसकेको थियो ।

युवराज र धोनीले चौथो विकेटका लागि २ सय ५६ रनको महत्वपूर्ण साझेदारी गरेपछि भारत विशाल योगफलतर्फ अग्रसर भएको हो ।

भारतका लागि युवराजले ६ वर्षपछि एकदिवसीयमा सतक बनाउने क्रममा १ सय ५० रन बनाए । उनको एकदिवसीयमा यो चौधौं सतक थियो । उनले १ सय २१ बल खेल्ने क्रममा एकदिवसीयमा आफ्नो उच्च व्यक्तिगत योगफल बनाए ।

यस्तै, धोनीले दुई साताअघि एकदिवसीयको कप्तानी छोडेपछि पहिलो सतक पुरा गर्ने क्रममा १ सय ३४ रन बनाए । उनको एकदिवसीयमा यो दसौं सतक थियो । इङ्ल्यान्डका क्रिस भोक्सले ४ विकेट लिए । भारत र इङ्ल्यान्डविचको अन्तिम खेल आइतबार कोलकतामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर