पुष्पराज थपलिया
६ माघ, विराटनगर / महेन्द्र मोरङ कलेजले विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेटको उपाधि हात पारेको छ उसले आज विहिबार भएको फाइनल खेलमा कान्तिपूर कलेजलाई ८ रनले पराजित गरी उपाधिमाथि कब्जा गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएकोे महेन्द्र मोरङले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । महेन्द्र मोरङका रवि रोयले ३७ रन, राज शर्माले २६ रनकोे योगदान दिएका थिए । कान्तिपुरका भिम मण्डलले ४ ओभरमा २३ रन दिएर ६ विकेट लिएका थिए ।
जवाफमा १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको कान्तिपूर १९ ओभरमा सवै विकेट गुमाई १ सय २८ मा खुम्चिएको थियो । कान्तिपूरका अमल दासले ४६ रन र रुपेश शर्माले १८ रनको योगदान दिए । महेन्द्र मोरङका अनिल यादबले ३ विकेट र रवि रोयले २ लिएका थिए ।
फाइनल खेलको म्यान अफ द फाइनल महेन्द्र मोरङका अलराउण्डर खेलाडि रवि रोय घोषित भएका थिए । प्रतियोगिताको उत्कृष्ट ब्याट्समेन कान्तिपुरका अमल दास भ एभने उत्कृष्ट बलर डिग्रीका अजय राजवंशी घोषित भए । म्यान अफ द सिरिज कान्तिपूरका रितेश माझी घोषित भए ।
विजयी तथा अन्य खेलाडिलाई नेपाली विराटनगरका अध्यक्ष भिम पराजुली र नेपाल क्रिकेट संघका केन्द्रिय उपाध्यक्ष नरेश श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए । पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा गरेका प्रतियागितामा विराटनगरका ११ कलेजको सहभागि रहेको थियो ।