पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर ढाटमा टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार २ जनाको घटना स्थलमा मृत्यु भएको छ भने १ जना घाइते भएका छ ।
विराटनगरबाट इटहरी तर्फ आउदै गरेको प्र. नं. २ –०१००१ प १६०८ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आएको को १ ख ७३०९ नम्बरको टिपरले ठक्कर दिदाँ मोटरसाइकलमा सवार २ जनाको घटना स्थलमै मृत्यु भएको हो ।
लहान घर भएका २० वर्षीय हरेराम साह, २१ वर्षीय ओजिम खानको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीका प्रमुख राकेशकुमार पोद्धारले बताए । ट्राफिक प्रहरीका प्रमुख पोद्धारका अनुसार तीन जना सवार मोटरसाइकल दुर्घटनामा अर्का एक सप्तरी घर भएका १९ वर्षीय धनराज यादव भने घाइते भएका जानकारी दिए । घइते यादवको उपचारकालागी कोशी अञ्चल अस्पतालमा भएको प्रमुख पोद्धारले बताए ।
दुर्घटना पछि टिपर चालक ग्रामथान गाउँपालिका ५ का शशिकुमार यादव र टिपर प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनामा मोटरसाइकलमा सवार विराट मेडिकल कलेजका विद्यार्थी रहेको र कलेजको बस छुटेपछि विद्यार्थी पुर्याउन जाने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी मोरङले जनाएको छ ।