RUMPUM
animated ellipse animated ellipse

एपिएफ र पुलिस क्लब उत्कृष्ट टिम पुरस्कारबाट सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७६, शनिबार १८:४१
9
Shares

काठमाण्डौं / सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला तर्फ र नेपाल पुलिस क्लब पुरुष तर्फ २०७५ बर्षको उत्कृष्ट भलिबल टिमको सम्मानबाट सम्मानित भएको छ । आज तेश्रो एनभिए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले टिमलाई नगद १ लाख सहित सम्मान गरेको हो ।

नेपाल भलिबल संघद्वारा सम्वन्धन प्राप्त प्रतियोगिताहरुमा एपिएफले महिलातर्फ १० मा ९ प्रतियोगितामा विजयी हुँदै उत्कृष्टता हासिल गरेको हो । यस्तै पुलिसले पुरुषतर्फ ९ खेल मध्ये ६ खेलमा विजयी हुँदै नेपाल पुलिस उत्कृष्ट टिम घोषित भएको हो ।यस्तै खेलाडीतर्फ महिलामा एपिएफ क्लबकी सरस्वती चौधरी र पुरुषमा नेपाल पुलिसका कुलबहादुर थापा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

भलिबलका उदियमान खेलाडीहरुमा महिलातर्फ उषा भण्डारी (पुलिस क्लब) र सरण सामरी क्षेत्री (टिएसी) घोषित भएका छन् । यसैगरि महिलातर्फ एपिएफका ज्ञानेन्द्र बिष्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुले नगद २५ हजार सहित सम्मान पत्र प्राप्त गरे ।

यसैगरि भलिबल खेलमा लामो समयसम्म आवद्ध रहि भलिबल अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएकी कोपिला उप्रेतीलाई संघले सम्मान स्वरुप नगद ५० हजारसहित सम्मान पत्रले सम्मान ग¥यो । उप्रेतीले ६१ सालदेखि अनवरत रुपमा भलिबल खेलको खेलाडीको रुपमा आफुलाई उभ्याएकी थिईन् । सम्मान गर्ने क्रममा नेपालमा भलिबल खेलको बिकास र विस्तारमा अनवरत लागि पर्ने न्यू डायमण्ड एकेडेमीका संस्थापक एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ बिद्यालय कमिसनका उपाध्यक्ष कुमार राईलाई पनि रहेका छन् । राईलाई नगद २५ हजार सहित अभिनन्दन पत्रले सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेपालमा भलिबल खेलको विकासमा सहयोग पु¥याउनु हुने नेदरल्याण्ड भलिबल संघका बिकास निर्देशक मि. पिटर भान तरेललाई पनि सम्मान पत्र र दाशल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेपाल भलिबल संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा टिमलाई विभिन्न खेलमा देखाएको उत्कृष्ट नतिजाका आधारमा मुल्याङ्कन गर्दै बिगत तीन बर्ष देखि सम्मान गर्ने कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

संघिय प्रतिनिधी सभा साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा टिमलाई संघद्वारा प्रदान गरिएको नगद रकमसहित सम्मान पत्रद्वारा सम्मान गरे ।
सोही कार्यक्रमका दौरान बंगलादेशको राजधानी ढाकामा आयोजना भएको प्रथम एभिसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप २०१९ मा विजय हासिल गर्दै राष्ट्रको नाम उच्च राख्न सफल नेपाली महिला भलिबल टिमका प्रत्येक सदस्यहरुलाई पनि नगद २५ हजार सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर