AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सहमतिको बिन्दु निर्वाचन मात्रै हो – ओलीे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७३, मंगलवार १९:४१
3
Shares
फाइल तस्वीर
४ माघ, विराटनगर /नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले काम भन्दा जनतालाई अल्मल्याउनमा व्यस्त भएको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ स्थानिय संचारकर्मीहरुसंग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष आलीले अबको दश महिना भित्र निर्वाचन नभए मुलुक गम्भीर समस्यामा फस्ने बताउँदै उनले सरकारले यस तर्फ कुनै ध्यान नदिएको आरोप लगाए ।
अध्यक्ष ओलीले अबको १० महिनाभित्र जसरी पनि नेकपा एमालेले राजनीतिक र संवैधानिक संकट समाधानका लागि निर्वाचन गर्ने बताए ।
ओलीले नालायक सरकारले नालायक तरिकाले काम गरिरहेका कारण निर्वाचन हुने अवस्था पछि सर्दै गएको बताए । उनले संसदको म्याद थप गरेर समाधान नहुने र एमाले त्यस्तो काममा सहमति पनि नगर्ने बताएका छन् ।
सरकारले केही निर्वाचन सम्बन्धी विधेयक गृहमन्त्रालयको घर्रामा थन्क्याएको बताउँदै संसदमा दर्ता गराएको एउटा विधेयक पनि समितिमा छलफलका लागि पठाएर ढिलो गरिरहेको बताए ।
दलहरुबीच सहमतिको बिन्दु निर्वाचन मात्रै रहेको बताउँदै ओलीले पटक पटक निर्वाचनको काम अघि बढ्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे । सरकारले न्यायाधिश नियुक्तिमा चरम राजनीतिकरण गरेको समेत अध्यक्ष ओलीले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर