RUMPUM
animated ellipse animated ellipse

दुर्घटनाबाट १ महिलाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७६, बिहीबार १७:३८
3
Shares

संखुवासभा / चैनपुरनगरपालिका २ मयुम दुर्गाप्रसाद सिमखडाकी श्रीमती ६० वर्षीया बाटुली सिमखडाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ।

आज चैनपुरभित्र कच्ची बाटोमा नुनढाकीबाट ईटहरीतर्फ आउदै गरेको को १ ख ४२८२ नम्बरको ट्रक बाटोको बाँया साईडमा धस्रीन गई पैदल यात्री बाटुली सिमखडालाई ठक्कर दिदा घाईते भएकी उनलाई उपचारार्थ लैजादै गर्दा करिब एक सय मिटरको दुरिमा अटो समेत अनियन्त्रीत भई दुर्घटना हुदा बाटुलीलाई इस्ट्रेचरमा राखेर पुन उपचारार्थ लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ट्रक चालक सुनसरी धरान १७ का डम्बर विक र ट्याम्पो चालक संखुवासभा चैनपुर मयुम का गोविन्दप्रसाद कोइरालाइ ईलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर