AArya
RUMPUM
animated ellipse animated ellipse

केभिएम स्कूल मा किड्स फन मेला तथा सिंगिङ आइडल सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७६, बुधबार १९:५५
3
Shares

विराटनगर / विराटनगर. १० मा रहेको कोशी विद्या मन्दिर सेकेण्डरी स्कूलमा सरस्वती पूजाको अवसर पारेर केभिएम स्कूल मा किड्स फन मेला तथा सिंगिंग आइडलको आयोजना गरेको छ ।

स्कूलमा मन्टेश्वरीमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा तीनसम्मका विद्यार्थीहरुको संलग्नतामा किड्स फन मेला–२०७७६ सम्पन्न भएको छ । उक्त कार्यक्रममा सानासाना नानीहरुले नृत्य, संगीत तथा राइम्सका मनमोहक प्रस्तुती देखाइएका थिए । कार्यक्रममा उपस्थित अभिभावकहरु आफ्ना नानीहरुको प्रस्तुतीमा रमाएका थिए ।

सो कार्यक्रम पश्चात् कक्षा ४ देखि कक्षा ११ सम्मका विद्यार्थीहरुको सहभागितामा केभिएम सिंगिङ आइडल सम्पन्न भएको छ । २३ प्रतियोगीहरु पछि पार्दै कक्षा १० की नेल्सी गुरुङ प्रथम, कक्षा ७ की वन्दना शर्मा द्वितीय र कक्षा ८ की आन्या सिंह तृतीय भएका छन् । कार्यक्रमको उदघाटन प्रमुखअतिथि विराटनगर वडा नं १० का वडाअध्यक्ष माधव वाग्लेले कोशी विद्या मन्दिरले विगत दशकहरु देखिनै बाल–बालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा गरे ।
उनीहरुलाई विद्यालयका निर्देशक राजेशकुमार दास र विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर