AArya
RUMPUM
animated ellipse animated ellipse

नव नियुक्त राज्यमन्त्रीहरुलाई नेकपा प्रदेश कमिटीद्वारा स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७६, मंगलवार २१:२०
3
Shares

विराटनगर / नव नियुक्त राज्यमन्त्रीलाई आज पार्टी कार्यालय विराटनगर–११ पाञ्चालीमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश १ कमिटीले स्वागत गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र उद्योग, पर्यटन , बन तथा वातावरण मन्त्री जगदशीप्रसाद कुसियतको उपस्थितमा राज्यमन्त्रीहरुलाई पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका सदस्यहरुले वधाई तथा शुभकामना प्रदान गरे ।

सो अवसरमा पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरेले पार्टीको सहमतीमा विस्तार गरिएको मन्त्रीमण्डलका सदस्यहरुले संगठनको दायित्व निर्वाह गर्दै जनताको समृद्धको चाहना पुरा गर्न सफलता प्राप्त हुने शुभकामना दिए ।

राज्यमन्त्रीहरुको तर्फवाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामवहादुर मगरले सुशासन सहित पार्टीको जिम्मेवारीलाई पूरा गर्दै जनताको चाहनालाई तल्लोतहसम्म पुगी सम्वोधन गर्ने विश्वास व्यक्त गरे ।

पार्टी प्रदेश सचिव सुरेशकुमार राईले पार्टी र सरकारवीच समन्वय गर्न मन्त्रीहरुलाई सफलता प्राप्त हुने शुभकाना दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर