AArya
RUMPUM
animated ellipse animated ellipse

उद्योगीसंँग बस्नेतले भने ‘देशलाई आर्थिक सुशासनमा राख्न एमालेको सरकार बन्नु पर्छ’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ कार्तिक २०७९, शनिबार १९:०५
216
Shares
विराटनगर/मोरङ क्षेत्र नं ६ (२)का प्रदेश सभा सदस्यतर्फ एमालेका उम्मेदवार पर्शुरामबस्नेतले देशलाई आर्थिक सुशासनमा राख्नपनि नेकपाएमाले नेतृत्वको सरकार अपरिहार्य रहेको बताएका छन् ।

आफ्ना क्षेत्रकाउद्योगीव्यवसायीहरुको भेटमागठबन्धन सरकारका कारण देशको आर्थिक अवस्थाजर्जर बनेको बताए । ८ प्रतिशतमा व्याजदरमा ऋण लिएर व्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु अहिलेको चर्को व्याजदरका कारण संकटमा परेको बताए । उनले भने ‘कति उद्योग व्यवसाय बन्द भए, कतिको अवस्था कस्तो छ । र यहि चर्कोव्यजदरका कारणकतिले ज्यान गुमाउनुसम्म परेको समाचारहरु सुन्दै आएकै छौं ।’

अघिल्लो पटक स्थायी सरकारका लागि गठबन्धन गर्दै स्थायी सरकार बन्ने बाटो तय भएपनि केहि निश्चितव्यक्तिको स्वार्थका कारण त्यस सरकार पनि स्थायी बन्न नसकेको उनले चर्चा गरे । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायीत्व र समृद्धि रहेको स्मरण गराउँदै मुलुक र जनताको हितका लागि पनि एमाले नेतृत्वकै सरकार आवश्यक रहेको बताए ।

त्यसैवेला सबै राजनीतिकदलहरु एकातिर र नेकपा एमाले एकातिर हुँदा पनि सचेत नागरिक र आम जनताले एमाले नेतृत्वकै सरकार चाहेको उनको भनाइ छ । राजनीतिक दलकै कारण मुलुकमा ठुला ठुला व्यवस्था परिवर्तन हुदै अहिले संघिय लोकतान्त्रिकग णतन्त्रको स्थापना भएको र आम जनताले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर औला ठड्याउन सक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै लोकतन्त्रमादलको विकल्प नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर