AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमसीसीको विरोध गर्दै विराटनगरमा प्रर्दशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०७८, आईतवार १७:२१
504
Shares
विराटनगर / अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा विराटनगरमा प्रदर्शन गरिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी निटक जनवर्गाीय संगठनहरुले विराटनगरमा आज एमसीसीको विरोध गर्दै प्रर्दशन गरेका हुन् । उनीहरुले विराटनगरस्थित महेन्द्रचौकदेखि निकालिएको विरोध प्रर्दशनसहितको ¥यालीले नगर परिक्रम गर्दै स्थानिय ट्राफिक चौकमा आएर कोणसभामा परिणत भएको थियो ।

सयौंको संख्यामा भेला भएका युवाहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘दलालहरु होसियार, राष्ट्रिय स्वाधिनताको रक्षा गर, देशक्त नागरिक एकजुट हौऔ, लगायतका नारा लगाउनुका साथै कालो झण्डा पनि प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर