RUMPUM
animated ellipse animated ellipse

उपचार गर्न नसक्दा लामो समयदेखि ओछ्यानमा थलिइन ८ वर्षिय बालिका अक्षरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७६, आईतवार २२:०७
3
Shares

विराटनगर / विराटनगर – ५ जामुनगाछी एक बालिकाको उपचार गर्न नसक्दा लामो समयदेखि ओछ्यानमा थलिएर बस्नु परेको छ । दास परिवारले भएको पैसा ८ वर्षिय बालिका अक्षरा कुमारी दासको उपचारमा खर्चिएर सकेपछि थप उपचार गर्न नसकेका हुन् ।

आर्थिक अवस्था नाजुक रहेको दास परिवारले थप उपचार गर्न नसकेपछि अक्षरालाई अहिले घरमा राखेका छन् । कक्षा १ मा अध्ययनरत अक्षराको मृगौलाले काम गर्न छोडेको चिकित्सकले जनाएको छ । अक्षराको उपचार दास परिवारले १५ लाख रुपैयाँ सक्दा पनि ठिक नभएको हजुरवुवा सम्भू दासले बताए । ‘६ वर्षको उमेरमा नातिनीको पिसाब पोल्ने र छिन–छिनमा पिसाब आउँने समस्या थियो,’ हजुरवुवा सम्भुले भने, ‘नातिनिको उपचार गराउन देशभरीको हस्पिटल लगेपनि रोग ठिक हुन सकेको छैन् ।

उपचारमा भएभरको पैसाँ पनि सकियो । थप उपचार गरिने अहिले पैसा छैन ।’ दुई पटक नातिनिको डाइलेसेस गरिएको उनले बताए । ‘एक पटक डाइलेसेस गर्दा ८० देखि ९० हजार रुपैयाँ खर्च भयो,’ उनले भने, ‘चिकित्सकले अहिले पनि डाइलेसेस गर्नुपर्ने सुझाब दिएका छन् । थप उपचार गर्न आफुसँग पैसाँ पनि छैन ।’ भएभरको पैसाँ नातिनिको उपचारमा सकिएको उनले सुनाए । ‘आफुसँग पैसा नभएपछि केही दिन अगाडी मात्र विपी कोइराला विज्ञान प्रष्तिठान हस्पिटल धरानबाट नातिनीलाई घर ल्याएको हो,’ उनले भने, ‘थप उपचार गर्न भारतको बैंङ्लोर लैजाने तयारी गरेको छु । त्यहाँ पु¥याउँदा उपचार पनि राम्रो हुने र ठिक हुने सुनेको छु ।’ आफुसँग थप उपचार गर्ने पैसाँ नभएको उनले बताए । थप उपचारको लागि सबैसँग उनले सहयोगका लागि अपिल गरेका छन् ।

अक्षराका बावु दयानन्द दास राजमिस्त्रीको काम गर्दछन् । उनका १ छोरा र छोरी छन् । अक्षराको अहिले शरीरको विभिन्न भाग सुनिन थालेको छ । अनुहारमा सबैभन्दा बढी सुनिएको छ । ‘अक्षरा राम्रो सँग हिडढुल पनि गर्न सक्दिन,’ हजुरआमा विनादेवीले भनिन्, ‘नातिनीको रेखदेशमा आफै खटिने गरेको छु । दुखाइले होला रातदिन नातिनी छटपटिने गर्दछिन् । राम्रो सँग पनि सुत्न सक्दिनन, रुने मात्र गर्दछिन् ।’ नातिनीको रोगको पिढाले आफुलाई चिन्ताले सताएको उनले बताइन् । ‘हामीसँग भएको पैसाँँले नातिनीको उपचार गरिम । अहिले थप उपचार गर्ने पैसाँ छ्रैन्,’ नातिनी बाँचेको हेर्ने इच्छा छ,’ उनले भने, ‘कोही मनकारीहरूले सहयोग गरिदिए नातिनीको रोग ठिक हुने आशाँ पलाएको छ ।’ अक्षरालाई सहयोग गर्नका लागि उनका हजुरवुवा सम्भुलाई ९८०७०९१५१४ मा सम्र्पक गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर