RUMPUM
animated ellipse animated ellipse

जनताको विकास र समृद्धिको चाहना पुरा गर्ने गरि मन्त्री र नव नियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राईको निर्देशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७६, आईतवार २१:४४
3
Shares

विराटनगर / जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

आज नियुक्त भएका राज्यमन्त्रीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै अग्निपरीक्षा सुरु भएको भन्दै मुख्यमन्त्री राईले यो ऐतिहासिक कार्यभार सफल रुपमा वहन गर्ने विश्वास व्यक्त गरे । उनले दुई दिनभित्र प्रष्ट रुपले कार्य विभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री राईले कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनु समेत आव्हान गरे । कुनै पनि विवादास्पद निर्णय नर्गन निर्देशन दिदैं उनले आत्तिने, मात्तिने र अयोग्य हुनेलाई छुट नदिन निर्देशन समेत दिए ।
भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर