पूर्वाञ्चल खबर
विराटनगर / सुनसरीको दुहबीस्थित चौधरी समूहको पशुपति बिस्कुट उद्योगमा आज राति भीषण आगलागी भएको छ ।

आज राति ८ बजेदेखि उक्त विस्कुट उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यलय दुहबी जनाएको छ । आगो कसरी लागेको हो अहिलेसम्म खुल्न सकेको छैन् ।
आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्र दुहबी पुगेका छन् । स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेत सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यलय दुहबीका अनुसार आगो निभाउन विराटनगर र आसपासका क्षेत्रबाट दमकल बोलाइएको छ । आगो नियन्त्रमा लिने प्रयास भइरहेको छ ।
उद्योगमा भएको आगलागीबाट ठुलो क्षती भएको प्रहरीले बताएको छ ।