पूर्वाञ्चल खबर
विराटनगर / श्रवण दिष्टिविहीनको क्षमता विकासका लागी मोरङमा स्वस्थ्य जिवन परियोजना सञ्चालनमा आएको छ । श्रवण दिष्टिविहीनलाई शारिरिक र मानसिक रुपमा स्वास्थय वनाउने परियोजना सञ्चालनमा आएको हो ।
सेन्स इन्टरनेशनलको आर्थीक सहयोगमा तथा राष्ट्रिय वहिरा महासंघ नेपालकोे सहकार्यमा कोशी वहिरा संघको आयोजनामा परियोजना सञ्चालनमा आएको हो ।
पहिलो चरणमा विराटनगर महानगरपालिकामा परियोजना सञ्चालन हुुदै आएको छ । कोशी वहिरा संघ विराटनगरको आयोजनामा विराटनगरमा आज आयोजित कार्यक्रममा सो कुुराको जानकारी गराईको हो ।
परियोजना अन्र्तगत श्रवण दिष्टिविहीनलाई शिविरमा ल्याएर निशुुल्क थेरापी तथा उपचारको व्यवस्था ट्रेनिङ तथा सेन्टरमा , आउन नसक्ने वालवालिकालाई घरघरमा पुुगेर खान सिकाउने तथा श्रवण दिष्टिविहीनका अभिभावकहरुलाई चेतना मुुलुुक तालिम तथा परिचयपत्र वितरण गरिने परियोजना प्रमुुख प्रसान्त दुुलालले वताए ।
कार्यक्रममा वोल्दै सामाजिक विकास मंत्राालयका सचिव विरवहादुुर राईले श्रवण दिष्टिविहीनका अभिभावक वा परिवारलाई आयआर्जन हुुने खालका तालिम प्रदान गर्नुुपर्नेमा जोड दिए ।
कार्यक्रममा कोशी वहिरा संघकी सन्तोषी घिमिरेले मोरङमा श्रवण दिष्टिविहीको अवस्थाको वारेमा जानकारी गराइन् । मोरङमा २ सय ५४ जना श्रवण दिष्टिविहीन रहेकोमा विराटनगर महानगरपालीका क्षेत्रमा अहिलेसम्म १० जना श्रवण दिष्टिविहीन रहेको कार्यक्रममा जानकारी गराइयो । परियोजना तीन वर्षसम्म सञ्चालन हुुने छ ।