पूर्वाञ्चल खबर
निर्माण व्यवसायी संजय यादवका भाइको विहे भोजमा विराटनगर–८ का ३७ वर्षीय नवीन राईमाथि खुकुरी प्रहार भएको थियो।
फरार रहेका विराटनगर–८ कै राजिव वैद्यलाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको हो। घटनापछि जिल्ला तथा वडा प्रहरी
कार्यालयबाट व्यापक रूपमा प्रहरी परिचालन गरिएको थियो। मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालका अनुसार राईको अवस्था खतरामुक्त छ र उनलाई घाँटीमा सामान्य चोट लागेको छ। पक्राउ परेका वैद्यमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिने जनाएको छ।
राई र वैद्यबीच पुरानो रिसिइबी रहे–नरहेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।