मोरङमा थप दश दिन निषेधाज्ञा थपियो

खबर पूर्वाञ्चल, ३१ बैशाख २०७८, शुक्रबार १४:५९

विराटनगर/ मोरङमा थप दश दिन निषेधाज्ञा थपिएको छ । मोरङमा जेठ २ गतेबाट लागु हुनेगरि दश दिन निषेधाज्ञा थप गरिएको हो ।

मोरङका केही स्थानीय तह केन्द्रीत गरेर पहिलो पटक वैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा आदेश जारी भएको थियो । त्यसपछि वैशाख २४ गतेदेखि वैशाख ३१ गते मध्य राती सकिनेछ । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका बताए । निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक समेत लगाइएको छ । भौतिक निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको ढुवानीका लागि पनि विहान १० बजेसम्मको मात्रै समय तोकिएको छ ।

प्रशासनले उद्योग क्षेत्रमा पनि कडाई गर्ने निर्णय गरेको छ । यस अघि औद्योगिक मजदुरलाई घरबाट उद्योगसम्म जान छुट थियो । तर अब भने घरबाट उद्योग जान नदिने निर्णय भएको छ । उद्योगकै आवास गृहमा रहेका मजदुर प्रयोग गरेर उद्योग सञ्चालन गर्न पाइनेछ । सङ्क्रमण बढेकाले बाहिरी मजदुरको आवत–जावत रोक्ने निर्णय भएको उनले बताए ।

सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । बजार क्षेत्र पनि बन्द रहनेछ । बैंकको सेवा व्यवस्थापनका लागि राष्ट्र बैंकसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । उनका अनुसार बैङ्कलाई अनलाइन कारोवार गर्नका लागि समेत आग्रह गरिएको छ ।

प्रशासनले खाद्यान्य सागसब्जी, दूधलगायत अत्यावश्यक बस्तुतको विक्रीका लागि विहान १० बजेसम्मको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५