RUMPUM
animated ellipse animated ellipse

मोरङ, सुनसरी र झापामा रेल्वे लिक विरुतार हनु करिव ९० अर्व २९ करोड लाग्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७६, आईतवार २१:५७
3
Shares

विराटनगर / मेची–महाकाली रेलवे आयोजना अन्र्तगत इनरुवा– काकडभिट्टा र इटहरी–विराटनगरको १२६.७५ किमि आयोजनाको कुल अनुमानित लागत ९० अर्ब २८ करोड २८ लाख ६ हजार २ सय ४० रुपैयाँ लाग्ने भएको छ ।

दोहा इन्जिनियरिङ कम्पनि लि. जेभी कोरिया रेल नेटवर्क अथोरिटी सोसुङ्ग र सिल्ट कन्सल्ट प्रा.लि.ले तयार गरेको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन अनुसार उक्त आयोजना निर्माण गरिन सो रकम लाग्ने भएको हो ।

मेची–महाकाली रेलवे आयोजना अन्र्तगत इनरुवा– काकडभिट्टा र इटहरी –विराटनगर रेलवे लिकको वातवरणीय प्रभाव मूल्यांकन प्रतिवेदन विराटनगरमा आइतबार सार्वजानिक गरेको छ । 

मेची–महाकाली रेलवे आयोजनाको इनरुवा–काकडभिट्टाको १२६.७५ किमीको ईआईए, सेवा क्षेत्र भित्रका नागरिकबीच सार्वजानिक सुनुवाईमा ल्याइएको हो । परामर्शदाताले तयार पारेको इआइए प्रतिवेदन माथि सुझाव सल्लाह लिन र आगामी दिनमा सुधार गरिने उद्देश्यले सार्वजानिक सुनवाइ कार्यक्रम आयोजना गरिएको वातावरण विज्ञ एवं परामर्शदाता कम्पनिका प्रतिनिधि रिकेश चित्राकारले जानकारी दिए । उनका अनुसार विराटनगरपछि इटहरी, पथरी र झापामा पनि सार्वजानिक सुनवाइ राखिएको बताए ।

इनरुवा–काकडभिट्टा दुरीको १०६.५९ किलोमिटर र इटहरी–विराटनगर २०.१६ किलोमिटर लिक रेलवे विस्तारका क्रममा वातावरणीय दृष्टिकोणले पार्ने असरहरु प्रतिवेदनमा उल्लेख गरिएको छ । 
इनरुवा–काकडभिट्टा क्षेत्रमा दशवटा रेलवे स्टेसन र इटहरी (खनार)–विराटनगर अन्तर्गत हात्तिम्ुढामा एउटा रेलवे स्टेसन रहने प्रतिवेदनमा उल्लेख छ । सार्वजानिक भएको इआईएमा २०० किमीप्रतिघण्टा स्पिडमा गुड्ने बिद्युतीय रेललाई २५ मिटर दाँयाँ–बाँया जग्गा अधिग्रहण गरिने उल्लेख छ । इनरुवा–काकडभिट्टा रेलवेको लिक पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण र इटहरी–विराटनगरको मोरङको कटहरीदेखि उत्तर हुने प्रतिवेदनमा उल्लेखछ । रेलमार्ग विस्तारका लागि ६३५.७७ हेक्टर जमिन आवश्यक पर्ने साना र ठूला गरि ३४ वटा पुल, २८५ प्रकारका प्राकृतिक नालाको क्रसिङ, पैदल यात्री तथा चौपायाका लागि सुरक्षित तीनसय पासिङ कल्भर्ट निर्माण गरिने उल्लेख छ । विस्तार आयोजनाका क्रममा ५१२.६९ हेक्टर खेतियोग्य, ५३.६१ हेक्टर जल क्षेत्र, ३३ हेक्टर वस्ती क्षेत्र, १९.६० हेक्टर वन क्षेत्रमा पर्नेछ ।

निर्माणका क्रममा २२ करोड ६७ लाख नौहजार ४९ घन मिटर माटो, २ लाख ८७ हजार ४१ घनमिटर बालुवा, १८ लाख २९९ घन मिटर ग्राभेल, तीनलाख, ७६ हजार ७३९ घन मिटर बाउल्डल ढुंङ्गा खपत हुने अनुमान गरिएको छ । यसका लागि २३ स्थानमा उत्खनन् स्थल राखिने प्रस्ताव गरिएको छ । आयोजना क्षेत्रमा वयस्क र पोल साइजका रुखहरु ८ हजार ४३० को संख्यामा काटिने वातावरण विज्ञ एवं परामर्शदाता कम्पनिका प्रतिनिधि चित्राकारले जानकारी दिए ।

आयोजना निर्माणका लागि निजी संरचनाका लागि ९८ करोड ७५ लाख छ हजार, प्रसारण लाइनका लागि २० अर्ब ६३ करोड ४० लाख ६९ हजार ७ सय ८२ र १२६ किलोमिटर रेलमार्ग विस्तारका लागि ९० अर्ब, २८ करोड १८ लाख छ हजार २४० अनुमान गरिएको छ । वातावरण, सामाजिक र पुर्नवासका लागि २४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सार्वजानिक भएको प्रतिवेदन अनुसार रेलवे लिक सुनसरी, मोरङ र झापाका गरि १८ वटा स्थानिय तहको विभिन्न वडा हुँदै जानेछ । मोरङमा ९, सुनसरीमा तीन र झापाको ६ वटा स्थानिय तहको विभिन्न वडाहरू परियोजनामा पर्दछन् । रेलवेको मार्गरेखाको निमार्णक्रमको २८ हजार ५ सय १३ जना स्थानियले रोजगारी पाउनेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर