पूर्वाञ्चल खबर
बेलवारी / मोरङको बेलवारी नगरपालिका ५ मा स्कूल बसले किचेर १ बर्षीय नावालकको मृत्यु भएको छ ।
आज बिहान बेलवारी नगरपालिका ५ रामपुर स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कूलको बसले किच्दा स्थानीय प्रमोद साहको १ बर्षीय छोरा यसराज साहको मृत्यु भएको हो ।
निजकै ५ बर्षीय छोरालाई बिद्यालय पठाउनको लागि प्रमोद साहको श्रीमती शिवकुमारी साहले दुवै छोराहरुलाई संगै लिई गएको र सानो छोरालाई भुईमा राखी ठुलो छोरालाई बसमा चढाएको तथा बस गुड्ने क्रममा भुईमा रहेको नावालकलाई बसले किच्चा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।