AArya
RUMPUM
animated ellipse animated ellipse

मिस पूर्वाञ्चलको दसौ संस्करणमा २१ जना अन्तिम प्रतिस्प्रर्धी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७६, बुधबार १९:४०
9
Shares
धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत ‘मिस पूर्वाञ्चल’को दसौ संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पूर्वको विभिन्न सहरको युवतीहरु छनोट भएका छन् ।

धरान , इटहरी र विराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखिको ग्रुमिग क्लास , फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको रुपमा छनोट गरिएको हो ।

धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत , सुष्मिता बराईली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशि बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु , रतुवामाई ( इटहरीबाट बिपना तामांग , उर्लाबारीबाट मिलिमा श्रेष्ठ ,इटहरीबाट सुदिक्षा बिस्वकर्मा , निशा धिताल ,अस्मिता लिम्बु , वर्षा श्रेष्ठ , प्रिजनी नेपाल .खोटांगबाट एन्जल राई , पथरीबाट रिजु भट्टराई , रेजिना राई ,र धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम छनोटमा परेका हुन् ।

प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ विजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिस्चरे २०१९ र ,एन्जल राई मिस राई २०१९ कि विजेता हुन । त्यस्तै अन्य सहभागीहरु पनि मिस एसईई , मिस धनकुटा, मिस पथरी सनिश्चरेमा भाग लिएका र विभिन्न टाइटल जितेकाहरु छन् ।

कोरियोग्राफर तथा ट्रेनर र भर्खरै मिस कस्मोपोलिटन वर्ल्ड २०१९ कि विजेता बनेकी प्रियारानी लामाले प्रतियोगीहरुलाई फिनालेको लागि सम्पूर्ण ट्रेनिग दिनेछिन ।

प्रतियोगिहरुलाई इपिएस , व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।

मिस पूर्वाञ्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै दुई लाख नगद र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति दिईने आयोजकले जनाएको छ । मिस पूर्वाञ्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते धरानमा भब्यरुपमा आयोजना गरिनेछ ।
त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कारसँगै छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन , मिस बेस्टवाक लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरंगकी नेमिता आङबुहाङ २०१५ मा मोरंगकी प्रियङका श्रेष्ठ ,२०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले जितेकी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर