RUMPUM
animated ellipse animated ellipse

ट्याक्टर दुर्घटनामा घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७६, बुधबार १७:३१
3
Shares

संखुवासभा / संखुवासभाको चिचिला गाउँपालिका ३ केराबारीस्थित भित्री सडक खण्डमा गत १६ गते ट्याक्टर दुर्घटना भएकोमा उपचारमा संलग्न १ जनाको मृत्यु भएको छ ।

खाँदबारीबाट पुखुवातर्फ टिनको पाता लोड गरि जादै गरेको को २ त ४३५९ नंबरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुदा चालक खाँदबारी नगरपालिका ८ डाँडा गाउँ का ४३ वर्षिय दिनेश तामाङ, सिलिचोङ गाउँपालिका ५ का ३१ वर्षिय प्रतिमाया राई, चैनपुर नगरपालिका ११ लुवाकोट का ३१ वर्षिय सुक्लाराई र सुकलराई घाईते भएका थिए ।

घाईते भएकाहरु मध्ये सुकल राईको अवस्था गम्भिर भएका कारण थप उपचारकोलागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याईएकोमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर