RUMPUM
animated ellipse animated ellipse

अबैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार १३:१८
3
Shares

सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगपालिका १० खोर्साने चोकबाट गाँजासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ बर्षीय लक्ष्मी गुरुङ, सोही स्थानका १९ बर्षीय विकाश धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन् । हिजो साँझ साढे ५ बजे प्रहरी चौकी विराटचोकबाट खटिएको प्रहरी चेकीङ टोलीले मोटरसाईकलमा आएका तीनै जनालाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३ केजी ४ सय ग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट कारबाही प्रकृया अगाडी बढाएको मोरङ प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर