AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अरिहन्त अटो कोरोगेसनद्वारा कवाडीमा कर छलि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०७६, बिहीबार १९:१८
3
Shares
विराटनगर /मोरङको बुढीगंगा गाउँपालिका –३ स्थित अरिहन्त अटो कोरोगेसन प्राइभेट लि. ले कवाडीमा कर छलि गरेको पाइएको छ ।

उद्योगबाट उत्पादन भएको बस्तुको कवाडी सामानमा कर छलि गरेको पाइएको हो । ९ टन २ सय ७० केजी कवाडी सामाग्रीको बोकेको ना.२ ख. ५३५२ नम्बरको ट्रकलाई ठेक्दारले बुधबार राती बुढींगंगा गाउँपालिका – ४ निमुवा चौकमा नियन्त्रणमा लिएको हो । बुढीगंगा पाकाले प्रतिकेजी कवाडी कर १ रुपैयाँ लिदै आएको छ । गाउँपालिकाले १ करोड १ लाख ७ सय रुपैयाँमा बुढीगंगा गपा ४ का मो.हकमुदिनले ठेक्का लिएका छन् । गत साउनदेखि बुढीगंगा गाउँपालिका भित्र रहेको उद्योगबाट उत्पादन भएको कवाडी बस्तुको कर उठाउँदै आएका छन् । कवाडीको सामाग्री बोकेका उक्त उद्योगले कर नतिरि गाडी लैजाने क्रममा नियन्त्रणमा लिएको ठेक्दार मो. हकमुदिनले बताए । नियन्त्रणमा लिएको ट्रक निमुवा प्रहरी चौकीमा हरेको छ ।

‘अघिल्ला दिनहरूमा पनि अरिहन्त अटो कोरोगेसन प्राइभेट लि.बाट उत्पादन हुने कवाडीको सामाग्री कर छलि गर्दै लैजाने गरेका थिए,’ उनले भने, ‘रातीको समयमा कवाडीको सामान लैजाने गरेको हामीले चाल पायौं । रातीको समयमा डियुटिमा खटिदा ९ टन भन्दा कवाडीको सामान कर नतिरी लैजाने क्रममा नियन्त्रणमा लिएको हौं ।’ आवश्यक कारवही र राजस्व दाखिला गराइदिन गाउँपालिकामा पनि निवदेन दिएको उनले बताए । ठेक्दार मो. हकमुदिनको अनुसार अरिहन्त अटो कोरोगेसन प्राइभेट लि. बाट उत्पादन हुने कवाडीको सामान अनयन्त्र लैजादा गत असोज १ गतेबाट राजस्व नतिरी लैजाने गरेको आरोप लगाएका छन् ।

बुढीगंगा गापाका प्रशासकिय अधिकृत विनोद न्यौपानेले कर छलि गरेको उजुरी परेकोले आवश्यक छानविन गर्न प्रहरी चौकी निमुवालाई पत्रचार गराएको जानकारी गराए । अरिहन्त अटो कोरोगेसन प्राइभेट कम्पनीबाट काटुर्नहरु उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर