animated ellipse animated ellipse

कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई सवार गाडी लुटपाटको प्रयास, ६ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०८१, बिहीबार ०७:५५
252
Shares
विराटनगर / उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईलाई गएराति आक्रमण गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति करिब १० बजे उदयपुरमा आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरबाट गएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई उदयपुरबाट पक्राउ कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले बताए ।

लुटपाटको प्रयासमा संलग्न भएको अरोपमा प्रहरीले आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राईलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै स्थानीय हुन् । प्रहरीले पक्राउ परेकाहरुको साथबाट मंगलबार राति प्रयोग भएको एउटा टर्चलाइट र हँसिया पनि बरामद गरेको छ ।

बाटो ढुकेर बसेको समूहले मध्यरातमा राज्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोजका थिए । तर चालकले गाडी नरोकेपछि सो समूहले गाडीमा ढुंगा प्रहार गरेको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले बताए ।

राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको देखिन्छ । ‘लुटपाटकै उदेश्यले आक्रमण भएको देखियो, उनले भने,‘ ६ जना पक्राउ परेका छन्, थप अनुसन्धान हुँदैछ ।’

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले गाँजा बोकेको गाडी भन्दै रोक्ने प्रयास गरेका थिए, पछि राज्यमन्त्रीको गाडी भन्ने थाहा पाएपछि उनी त्यहाँबाट भागेका थिए । रातको समयमा पहिले पनि सो समूहले बाटो ढुकेर गाडी लुटपाट गर्ने गरेको देखिएको प्रहरी स्रोतले बताएको छ ।

राज्यमन्त्री राई बाढीपहिरो पछिको अवस्था अवलोकन गर्नुका साथै राहत तथा उद्धारको पहल गर्न उदयपुरको उत्तरी क्षेत्र र भोजपुरको दक्षिण क्षेत्रमा सीमा क्षेत्र पुग्नुभएको थियो । विराटनगर फर्कने क्रममा सवारीसाधनमा आक्रमण भएको थियो ।

प्रहरीका अनुसार उनी फर्केर आएको बाटोबाट गाँजा तस्करी हुने गरेको र त्यस ठाउँमा उक्त समूहले गाँजा ओसारपसार गर्नेहरुसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गाडीमा मन्त्री राईसहित सचिवालयका सदस्यहरु, नेकपा एमाले आमचोक गाउँपालिका उपाध्यक्ष बसन्त राईलगायत ७ जना थिए । आक्रमणकारी समूहले खुकुरी, भाटा र ढुंगा बोकेर गाडी रोक्न खोजेका थिए भने सडकमा मुढासमेत तेस्र्याएका थिए । तर चालकले गाडी नरोकी अगाडि बढाएका कारण थप घटना हुनबाट जोगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर