AArya
RUMPUM
animated ellipse animated ellipse

प्राकृतिक पद्दतिबाट उपचार गर्ने ओम वेलनेस हस्पिटल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७६, आईतवार २१:११
3
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार हुने हस्पिटल खुल्ने भएको छ ।

विराटनगर– २ सौगातमार्ग बरगाछीस्थित ओम वेलनेस हस्पिटल प्रालि सञ्चालनमा आउने तयारीमा छ । मंसिर २२ गते उद्घाटन गरि हस्पिटल सञ्चालनमा आउने सञचालकहरुले बताएका छन् । प्राकृतिक र वैकल्पिक चिकित्सा विज्ञानका माध्यमबाट उपचार गर्नेगरी हस्पिटल सञ्चालनमा आउने सञ्चालक नमिता न्यौपानेले जानकारी दिइन् । हस्पिटलको औपचारिक उद्घाटन नहुँदै विरामीहरूको उपचार सुरु भइसकेको छ ।

पहिलो चरणमा १० शैय्याको अस्पताल सञ्चालन गर्ने स्वीकृत पाएको जानकारी दिँदै सञ्चालक न्यौपानेले चाँडै ५१ शैय्याको पु¥याउने बताइन् । हस्पिटलले प्राकृतिक चिकित्सा एवं वैकल्पिक चिकित्सा विज्ञानमा आधारित रहेर शिरोधारा, योगामड थेरापी, जाकुजी, स्टिम बाथ, साउना बाथ, अकुप्रेसर, अकुपञ्चर फिजियोथेरापी, डाइट तथा न्यूट्रिशन आदिको माध्यमाबाट विभिन्न रोगहरूको प्रभावकारी उपचार गर्ने जनाइएको छ ।

अस्पतालमा अपाङ्गमैत्री वातावरणमा उपचारमा हुनेछ । ‘रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने यस पद्दितको प्रमुख उद्देश्य हो,’ न्यौपानेले भनिन्, ‘जीवनशैली, हाडजोर्नी तथा नशा सम्बन्धी सफल उपचारको लागि सुविधा सम्पन्न योग तथा प्राकृतिक चिकित्सा हस्पिटल हो यो ।’ अस्पतालको पहिलो तलामा ओपिडीसहित विशेष सेवाहरू रहेको छ भने दोस्रो तलामा बेडमा भर्ना भएका विरामीहरूका लागि वार्ड रहेको छ ।

अस्पतालमा कन्सलटेन्ड फिजियोथेरापिष्ट डा.मो. जावेद र प्राकृतिक चिकित्सक डा. प्रकृति सिंहले सेवा प्रदान गर्नेछन् । सञ्चालनमा तयारीमा रहेको ओम वेलनेस हस्पिटलको लगानिकर्ता महिलाहरू मात्र रहेका छन् । शिभा उपाध्यय, नमिता न्यौपाने, राधा अधिकारी र विना रायमाझीले अस्पताल सञ्चालनमा ल्याउन लागेका हुन् ।

सञ्चालनको तयारीमा रहेको हस्पिटलमा ढाड, कम्मर, गर्दन घुँडा तथा अन्य जोर्नीहरू दुख्ने, हड्डी खिइएको, नसा च्यापिएको, साइटिका र अन्य रेडिकुलोपेथी, बाथ रोगहरुको उपचार हुने गरेको छ । यस्तै पिनास, एलर्जी, दम, पुरानो खोकी, टाउँको दुख्ने, माइग्रेन, मानसिक तनाव, अनिद्रा (स्लिप क्लिनिक), सर्जरी पश्चात चाहिने फिजियोजेरापी र पुनस्र्थापना, मोटोपन, कोलस्ट्रोल, उच्च रक्तचाप तथा मधुमेह, ग्याष्ट्रिक, कब्जियत, अपच, अल्सर र पाइल्सको उपचार हुनेछ ।
आकस्मिक सेवा, बहिरंग र अन्तरंग सेवा, फिजियोथेरापी, अत्याधुनिक इलेक्ट्रिोथेरापी, रिह्याबिलिटेसन सेवाहरु रहेको छ । यस्तै अर्थोपेडिक, न्यूरो पुनस्थर्पापना, स्पोर्टस इन्जुरी पुनस्र्थापना, माया तथा मसाज थेरापी रहेको छ । विशेष सेवाहरूमा हेल्थ स्पा, समाज थेरापी, जल चिकित्सा, जाकुजी, अकुपञ्चर, मड थेरापी, स्टिम बाथ, साउना बाथ, सिरोधारा, डिलक्स हाइड्रो मसाजलगायतका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर