RUMPUM
animated ellipse animated ellipse

युवतीलाई अवैध यौन धन्दामा लगाएको आरोपमा भारतीय पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०७६, बुधबार १९:४०
3
Shares

विराटनगर/ मोरङ प्रहरीले किशोरीहरूलाई अवैध यौन धन्दामा लगाएको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरकोे छ ।

विराटनगर क्षेत्रको होटलमा अवैध रूपमा यौन धन्दामा लगाएको आरोपमा भारत विहार घर भएका ४५ वर्षिय मोहमद रियाजलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका भारतीय नागरिक रियाजले विराटनगर महानगरपालिका १५ रानीमा रहेको हिमालय गेष्टहाउसमा भारतबाट युवतीलाई ल्याई करकापमा पारेर अवैध यौन धन्दामा लगाउँदा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए । पक्राउ पर्ने रियाज उक्त होटलका संचालकसँगको मिलेमतोमा युवतीहरूलाई यौन धन्दामा लगाउने गरेको खुलेको छ ।

पक्राउ परेका रियाजलाई इप्रका रानी विराटनगरले मोरङ अदालतमा मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम म्याद थप गरि अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर