खबर पूर्वाञ्चल
कार्यक्रममा बोल्दै जिफन्टका प्रदेश १ का अध्यक्ष किशोर धमलाले अहिले पनि श्रमिकहरूले उचित ज्याला नभएको भन्दै राज्यले ल्याएको श्रम ऐन लागु हुनुपर्नेमा जोड दिए । उनले श्रम ऐन लागू गरि श्रमिकको श्रमको उचित रूपमा सम्मान गरिनुपर्ने बताए । स्थानिय तहको निवर्चान नजिकिदै आएकाले उम्मेदवारहरूले श्रमिकको पक्षमा काम गर्ने गरे आफ्नो घोषण पत्र जारी गरिनुपर्ने उनले बताए ।
श्रमजीवी वर्गको आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन नआएसम्म समृद्धि सम्भव नहुने भएकोले श्रम ऐन कार्यन्वयन गरिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिको प्रमुखमा उम्मेदवारी दिएका सागर थापा, उपप्रमुखमा उम्मेदवारी दिएकी शिल्पा कार्कीले श्रमिकको पक्षमा आफुहरू सधै काम गर्ने बताए ।