कुकुरलाई जोगाउँदा र्दुघटना, दुई जना गम्भिर घाइते

खबर पूर्वाञ्चल, १९ श्रावण २०७८, मंगलवार १८:२०

विराटनगर/ विराटनगर – १ बिहीबारे चौकमा आज साँझ सवारी दुर्घटनामा परि दुई जना गम्भिर घाइते भएका छन् ।

मोटसाइकल दुर्घटनामा परि मोरङको ग्रामथान गाउँपालिका – ४ का वर्ष ३५ चन्द्रमणी रिजाल सवारी चालक र सवार सोही ठाउँका ४० वर्षिय पदम सुवेदी गम्भिर घाइते भएका हुन् ।

गम्भिर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । विराटनगर– पुष्पलालचौक खण्ड खण्ड अन्तर्गत दक्षिणदेखि उत्तरतर्फ जाँदै गरेको प्रदेश १ – ००२–०४२ प १९१३ नम्बरको मोटसाइकलले कुकुरलाई जोगाउने क्रममा अन्यन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । उनीहरू मलामी गएर घर फर्किने क्रममा दुर्घटनामा परि घाइते भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५