RUMPUM
animated ellipse animated ellipse

सरकारी मोटरसाईकलमा लागुऔषध तस्करी गर्ने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ कार्तिक २०७६, बिहीबार २०:१३
3
Shares

विराटनगर / सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं. ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरीको राजविराज–२ राजदेब टोलका २६ वर्षीय कपिल यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादवले स १ ब १४१० नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाईकल प्रयोग गरि लागूऔषध ल्याउने क्रममा लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको विशेष टोलिले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । यादवले लागूऔषध ल्याउन प्रयोग गरिएको मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको रहेको बुझिएको छ । कपिलका बावु सत्यनारयण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् ।

बाबुले प्रयोग गर्ने सकारी नम्बर प्लेटको ‘हिरो’ कम्पनीको मोटसाइकल लिएर आइतबार कपिल जोगवनी आएका थिए । लागूऔषध लिएर गन्तब्यतर्फ फर्किने क्रममा प्रहरीले चेकजाँचको क्रममा यादवलाई पक्राउ गरेको हो । ‘शंका लागेर चेकजाँच गर्ने क्रममा सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा लागूऔषध भेटिएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘कम्मरमा पेटीसँगै लुकाईछिपाई ल्याएको लागूऔषध प्रहरीले बरामद गरेको हो ।’

प्रहरीले उनको साथबाट डाईजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल अवैध लागूऔषध बरामद गरेको छ । लागूऔषध ब्यूरो टोलीले यादवलाई पक्राउ गरेपछि आवश्यक कारवाहीको लागि इप्रका रानी विराटनगरमा राखिएको छ । प्रहरीले उनलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अदालतमा म्यात थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर