AArya
RUMPUM
animated ellipse animated ellipse

औषधीको बढी परिणाम देखाएर विरामीलाई ठगि गरेको साक्षी मेडिकलका संचालक अझै पक्राउ परेनन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०७६, बुधबार २१:३९
3
Shares
विराटनगर/लगेको भन्दा बढी औषधीको परिणाम देखाएर विरामीलाई ठगि गर्ने विराटनगर – ९ जहदा रोडस्थित ‘साक्षी मेडिकल हल’ का संचालकद्धोय सिरहा गोलबजारका निराजन शाक्य र सप्तरीका चन्द्र शेखर यादवलाई प्रहरीले पक्राउ गरेको छैन । प्रहरीले उनीहरूलाई पक्राउ गर्न नसक्दा खुलेआम हिडडुल गर्दै आएका छन् ।

औषधीको परिणाम बढी देखाएर ठगि गर्न निर्देशन दिने शाक्य र यादवलाई प्रहरीले फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गर्न नसक्दा फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत मोरङमा ठगिमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।

औषधीको परिणाम बढाएर विक्री वितरण गरेको आरोपमा साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको इनरुवा नगरपालिकाका १९ वर्षिय सन्तोष मेहतालाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो । प्रहरीले मेहतालाई पक्राउ गरेपछि संचालकको निर्देशनमा औषधीको परिणाम बढाएर विरामी ठगि गर्ने बयानको क्रमममा बताएका थिए । प्रहरीले उनलाई पक्राउ गरेको २४ दिन बितिसक्दा पनि संचालकलाई पक्राउ गर्न नसकेको हो । प्रहरीले उनीहरूलाई पक्राउ गर्न नसक्दा खुलेआम हिडडुल गर्दै आएका छन् ।

फार्मेसीमा औषधी खरिद गर्न आएका विरामीलाई परिणाम बढाएर औषधीको विक्री वितरण गर्ने आरोप लागेको संचालक श्रेष्ठको सिराहको गोलबजारस्थित १२ शैयाको भूमिजा हस्पिटल रहेको छ । शाक्य र यादवको पाटनरसिपमा विराटनगरमा पनि औषधी पसल खोलेका थिए । उनीहरूकै निर्देशनमा पसलमा आएका विरामीले खरिद गरेको औषधी परिणाम बढाएर विक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सवारी दुर्घटनमा परि न्यूरो हस्पिटलमा भर्ना भएका उदयपुरको त्रियुगा नगरपालिका नवराज राईका आफन्तले २ लाखको औषधी खरिद गर्दा करिब ६० हजार मुल्य बरावरको औषधीको परिणाम बढी देखाएर ठगि गरेको खुलेको छ । ती विरामीले साक्षी मेडिकलबाटे ७१ प्रकारको औषधी खरिद गरेका थिए । विरामीले खरिद गरेको औषधी भन्दा बढी परिणाम देखाएर ठगि गरेको आरोपमा प्रहरीले गत २६ असोजमा मेडिकल हलमा काम गर्ने मेहतालाई पक्राउ गरेको थियो ।

औषधी खरिद गर्न आएका विरामीलाई लगेको भन्दा बढी परिणाम देखाउन संचालकद्धोयले निर्देशन दिने गरेको खुलिसक्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ्रैन । औषधी विक्री गर्ने कामदारलाई पक्राउ गरेको तीन साता वितसक्दा पनि परिणाम बढाएर विक्री गर्न निर्देशन दिने संचालकलाई प्रहरीले पक्राउ नगर्दा उनीहरू गोलबजारस्थित आफनै अस्पतलामा खुलेआम हिडडुल गर्दै आएका छन् ।

प्रहरीको प्रराम्भिक चरणको अनुसन्धाबाट साक्षी मेडिकल हलले विरामीलाई दिएको ७१ प्रकारको औषधी मध्ये पाँच प्रकारको औषधी विभागमा दर्ता नभएको विक्री वितरण हुने गरेको खुलेको छ । औषधी व्यवस्था विभागले प्रहरीलाई दिएको रायमा पाँच प्रकारको औषधी विभागमा दर्ता नभएको औषधी थियो । यस विषयमा पनि प्रहरीले अनुसन्धान गर्दै आएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

यता मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले औषधीका संचालक द्धोयलाई पक्राउ गर्न विशेष प्रहरी परिचालन गरेको बताए । ‘हामीले पक्राउ गर्न विशेष प्रहरी परिचलान गर्दै आएका छौं । अहिलेसम्म भेटिएको छैन,’ उनले भने । उनीहरूलाई पक्राउ गर्न मोरङ प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा पनि पत्रचार गरेको लामो समय भएको छ । तर त्यहाँका प्रहरीले उनीहरूलाई पक्राउ गर्न चासो नदेखाएको बुझिाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर