AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कुभिण्डेलीको महागुरु बलराम काव्य बजारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०७८, शनिबार २०:५३
288
Shares
विराटनगर / साहित्यकार भानुभक्त कुभिण्डेलीद्वारा लिखित ‘महागुरु बलराम’ नामक पुस्तकको विमोचन गरिएको छ ।

खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । जीवनीमा आधारित काव्यको साहित्यकार बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष घनश्याम पोखरेल, मुक्तक प्रतिष्ठान प्रदेश–१ का अध्यक्ष बाबुराम पोखरेललगायतले विमोचन गरेका थिए ।

काव्यले समाजसुधारक तथा शिक्षासेवी बलराम पोखरेलले समाजमा पु¥याएको योगदानको चर्चा गरिएको छ । सोही अवसरमा आयोजित मासिक कविगोष्ठीमा कवि भरत गुरागाईं, ममता मृदुल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, चूडामणि नेपाल अकिञ्चन, हेमसागर पोखरेल, रोहिणी रसिक, हेमन्त निरौला, कविता केशरी, प्रिन्स प्रमोदकुमार ढकाल, मीना श्रेष्ठ सवि, मञ्जु घिमिरे दाहाल, अम्विका खरेल उप्रेतीले सिर्जना प्रस्तुत गरे ।

चौथो शृंखलाका रुपमा आयोजित गोष्ठीमा राधा भट्टराई, रीता पाठक, विनोद विवश, भवानीप्रसाद पोखरेल, भीम कोइराला, लक्ष्मी घिमिरे रेग्मी, किशोर कोइराला, हरिप्रसाद वस्ती, गोपाल निर्भीक, इन्दिरा सुवेदी, लक्ष्मी स्मृति, लक्ष्मी रायमाझी, मञ्जु घिमिरे, शारदा कार्की, पूजा आराधना, इन्द्र न्यौपाने, लक्ष्मी श्रेष्ठलगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।

खोटाङ सामाजिक सेवा मञ्चले हरेक महिनाको पहिलो शनिबार विराटनगरस्थित आफ्नै भवनमा साहित्य गोष्ठी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर