स्वास्थ्य सेवाको प्रदेश स्तरिय बार्षिक समीक्षा गोष्ठि शुरु

खबर पूर्वाञ्चल, १४ कार्तिक २०७८, आईतवार १८:१२

विराटनगर / प्रदेश १ को स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रदेश १ स्तरिय बार्षिक समीक्षा गोष्ठि आजदेखि विराटनगरमा शुरु भएको छ ।

तीन दिन चल्ने समीक्षा कार्यक्रममा प्रदेश जनस्वास्थ्यको सेवा प्रवाह, प्रदेश स्वास्थ्य उपचारात्मक सेवा प्रवाह र प्रदेश आयुर्वेद सेवा प्रवाहका विषयमा प्रस्तुतीकरण र छलफल हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञाबहादुर वस्नेतले जानकारी दिए ।

आजको कार्यक्रममा स्वास्थ्य कार्यालयहरुको जिल्लागत प्रस्तुतीकरण र छलफल कार्यक्रम गरिएको निर्देशक वस्नेतले बताए । उनका अनुसार सोमबार जिल्ला अस्पतालहरुको प्रस्तुतीकरण, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर महानगरपालिका लगायत विभिन्न निकायको प्रस्तुती करण हुनेछ ।

मंगलबार १४ जिल्लाका आयुर्वेद कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभागको प्रस्तुती रहने निर्देशक बस्नेतले बताए । समीक्षा कार्यक्रमको अन्तिम दिन गुणस्तरिय आयुर्वेद सेवा प्रदान गर्न प्रदेश र स्थानीय तहवीच समन्वय र सहकार्य संवन्धि अन्र्तक्रिया कार्यक्रम पनि हुने बताईएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५