RUMPUM
animated ellipse animated ellipse

मोरङमा पाँच चौकी र ७५ जना प्रहरीको दरबन्दी थप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ कार्तिक २०७६, बिहीबार ०७:४७
3
Shares

विराटनगर / मोरङका विभिन्न ५ वटा प्रहरी चौकी थप हुने भएको छ । चौकी थपसँगै ७५ जना प्रहरीको दरबन्दी पनि थप भएको छ ।

जम्मा ९७ वटा प्रहरी कार्यालय रहेको मोरङमा प्रहरी चौकी मात्रै ३१ वटा रहेका छन् । जिल्लामा १ हजार ३ सय २ जनाको दरबन्दी रहेको छ । ५ वटा प्रहरी चौकी थप भएसँगै प्रहरी दरबन्दी १ हजार ३ सय ७७ जना पुगेको छ भने प्रहरी चौकीको संख्या ३६ पुगेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार जिल्लाका बुढीगंगा गाउँपालिकाको बासबारी, ग्रामथानको तेतरिया, कटहरीको कटहरी, जहदाको तारेगामा र लेटाङको बुधबारेमा प्रहरी चौकी थप हुने भएको हो । ती प्रहरी चौकी थप्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङले संघीय सरकारसमक्ष माग गरेको थियो । तारेगामा प्रहरी चौकी माओवादी सशस्त्र युद्धको समयमा विस्थापित भएको थियो ।

स्थापना हुन लागेका अन्य प्रहरी चौकी रहनेस्थान भनेको नयाँ हो । चौकी थप गर्न संघीय सरकारबाट स्वीकृति प्राप्त भइसकेको र जग्गा प्राप्तीपछि चौकी निर्माण गर्ने र संचालनमा आउने मोरङका प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म लेटाङको बुधबारे र जहदाको तारेगामा प्रहरी चौकीका लागि जग्गा प्राप्ती भइसकेको र निर्माणको क्रममा रहेको छ । तारेगामा भारतीय सीमा छेउमा पर्दछ ।

प्रत्येक चौकीमा १५ जनाको दरले दरबन्दीसमेत आएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो । जिल्लामा सर्वसाधरणले प्रहरी चौकी स्थापना गर्नुपर्छ भन्दै डेढ दर्जन बढी निवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । तर, प्राथमिकताका आधारमा हाललाई ५ वटा स्वीकृति भएको र अन्य चौकी पनि प्राथमिकताका आधारमा विस्तारै थप हुँदै जाने मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर