RUMPUM
animated ellipse animated ellipse

स्काइभेटरसहित अवैध उत्खनन गर्ने एक दर्जन सवारी नियन्त्रण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७६, सोमबार १९:०७
3
Shares

विराटनगर / अवैध रूपमा उत्खननमा प्रयोग गरिएको स्काइभेटरसहित एक दर्जन माटो बोक्ने सवारी साधन मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुहबी नगरपालिका – १२ बुगडरीस्थित केशलिया खोला किनारबाट एउटा स्काइभेटर, ८ वटा टिफर र विराटनगर ४ इकराइबाट अवैध माटो बोकेर गन्तब्यतर्फ गएको चार वटा ट्याक्टरसहित १३ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको बा. १ क ४९६२ नम्बरको स्काइभेटर रहेको छ । यस्तै को १ ख ५७०९, ना १ क ६२७१, ना १ क ६२६७, ना १ क ६२७०, को १ क २३७२, ना १ क ६२६९, ना १ क ६२६८ र ना १ क ६२६६ नम्बरको टिफर प्रहरीले नियन्त्रमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको टिफर अवैध उत्खनन गरिएको माटो लोड गरिएको अवस्थामा केशलिया खोला किनार र बाटोबाट पक्राउ गरिएको हो । यस्तै स १ त ५४५३, को २ त ५७०४ र को २ त ७१६८ नम्बरको ट्याक्टर ट्याक्टर प्रहरीले विराटनगरको इकराईबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन इटहरीस्थित ‘कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिको’ रहेको खुलेको छ ।

अवैध रूपमा माटो तस्करी गर्ने गिरोहले दुहबी नगरपालिका १२ बुगडरीस्थित कशलिया खोला किनारमा करिब १० देखि १३ मिटरसम्म गहिरो ठूल–ठूला खाडल बनाएर माटो उत्खनन् गरेर बेच्ने गरेको पाइएको हो ।

विराटनगर – ४ इकराई हुदै सुनसरी जोड्ने केसेलिया खोलाको पुल नजिक अवैध रूपममा माटो उत्खनन गरिएका कारण पुल पनि जोखिम रहेको स्थानियबासी बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर