RUMPUM
animated ellipse animated ellipse

खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०७८, बिहीबार १७:३६
144
Shares
खोटाङ / रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा प्रदेश १ सरकारका तर्फबाट एक थान अक्सिजन कन्ट्सन्टेटर र फाउन्डेसनका तर्फबाट, जीवनजल, मास्क, एन्टिजेन किट, सेनीटाइजर, फेस सिल्ड, कन्डम, पिल्स एमोक्सीन ट्याब्लेट लगाएत १० लाख भन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ । विद्युतीय माध्यमबाट चल्ने अक्सिजन कन्ट्सन्टेटर मेशिनले बिरामी परेका बेला कसैको ज्यान जोगिन सक्ने मन्त्री कार्कीले बताए ।

एनआरएनएकी पूर्व उपाध्यक्ष फाउन्डेसनकी अध्यक्ष प्रधानले आफ्नो कर्म जिल्लामा स्वास्थ्य जस्तो संवेदनशील विषयमा सामग्री हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताइन्। आफू युकेमा भए पनि आफ्नो ठाउँको हरेक क्रियाकलापमा आफूहरूको सहभागिता रहने प्रधानको भनाई छ । उनले भनिन, ुम काठ्माण्डौकी छोरी, मेरो कर्म जिल्ला हो यो ठाउँ, अहिले युकेमा बसेर पनि हामीले नागरिकका लागि हर सहयोग गरिरहेका छौँ । यहाँका नागरिकले सद्भाव जनाइरहनुभएको छ । हाम्रो तर्फबाट यहाँका हरेक विषयमा सहयोग रहने छ । त्यसमाथि सरकारको पनि सहभागिता रहेकोले हामी उत्साहित बनेका छौँ ।ु

गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले फाउन्डेसनले गरेको सहयोगले विकासमा नयाँ आयाम थपेको बताउनुभयो । हामी जनप्रतिनिधि भएपछि धेरै कामहरू गरिरहेका छौँ, यस्ता सङ्घ संस्थाको समेत सहयोग जुट्यो भने यो विकट ठाउँ सुगम बन्ने छ । उनले भने ।

कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले सङ्घीयता लागु भएपछि प्रदेश सरकार गाँउ ठाँउमा नआए पनि अहिले बनेको सरकार गाँउ गाँउमा देखिन थालेको बताए। फाउन्डेसनले गरेको कामको प्रशंसा गर्दै सामाजिक संघ सस्था सँगै सरकार पनि यसैगरी गाँउगाँउमा पुगेर नागरिकका समस्या बुझेर समस्याका समाधान गर्नुपर्ने उनले बताए ।

विकासका काममा सबै जुटौँ : मन्त्री कार्की
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले विकासका काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । हामी नेतालाई भ्रष्टाचारी भन्दै गाली गछौं, तर हामी आफै पनि विचार गरौँ त, विकासका नाममा एक ट्याक्टर ढुङ्गा आए पनि हामी आफै राख्न खोज्छौँ, अनि हामी चैँ भ्रष्टाचारी हैन र र? उनले आफ्नो ठाउँको विकासका लागि आफै जुटेमा दुर्गम गाउँ सुगम बन्ने बताए। यसका लागि सरकार हातेमालो गर्न तयार छ । सरकार त्यसै पनि जनताको सेवक हो । उनले भने, अहिले सबै अधिकार प्रदेशकहाँ अझैँ आई नसकेकाले समस्या भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर