पूर्वाञ्चल खबर
विराटनगर / सरकार संविधानको मर्म र भावना अनुसार काम गर्नु पर्ने नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले बताएका छन् ।
विराटनगर विमान स्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनु पर्ने कुरामा जोड दिए । सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नु पर्ने सुझाव दिँदै उपसभापति गच्छदारले प्रेस लोकतन्त्रको गहना भएकाले यसको सङ्कुचन गर्न नहुने बताए ।
जनताले संविधानबाट पाएको अधिकार उयोग तथा प्रयोग गर्न सरकार बाधक बन्नु नहुने धारणा राख्दै उपसभापति गच्छदारलेसरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नु पर्ने बताए । उनले काङ्ग्रेसका नेता माथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गर्दै आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौता अनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने बताए ।