पूर्वाञ्चल खबर
भारतले घरेलु बजारमा बिक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिणाम तोकेको छ । भारतले प्याज बिक्री परिणाम तोकेपछि त्यसको असर नेपालमा पनि परेको हो । यसले नेपालीबनारमा प्याजको मूल्य झनै आकाशिने संभावना बढेको छ । नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।
भारतीय नीतिले नेपाली बजारलाई प्रभावित पार्दै आएको छ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एक पटकमा ५ किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ ।
मन्त्रालयले थोक बिक्रेताको हकमा अधिकत्म ५ सय र खुद्रा व्यापारीको हकमा एक सय क्विन्टल मात्रै भण्डार गर्न पाउने कोटा तोकेको छ ।भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन् ।
काठमाडौं प्याजको थोक मूल्य १ सय रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म प्गेको छ । खुद्रा व्यापारीले १ सय ५० रुपैयाँमा बेच्दै आएका छन् ।प्याजको मूल्य एक महिनामै ह्वात्तै बढेको हो । कालिमाटी फलफूल तथा सरकारी बजार विकास समितिका अनुसार प्याज भदौ १५ सम्म प्रतिकिलो ६० रुपैयाँ थियो । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।