खबर पूर्वाञ्चल
आज बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा सभाध्यक्षसहित ४७ मत, विपक्षमा मत ३० परेको बैठकको अध्यक्षता गरेका इस्नाइल मन्सुरीले बताए ।
उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं हिँडेपछि अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सभामुखको भूमिकामा बैठक सञ्चालन गरेका थिए ।
आजको बैठकमा ९३ साँसद रहेको कोशी प्रदेशमा ७७ जना उपस्थित रहेको पनि अध्यक्षता ग्रहण गरेका मन्सुरीले बताए । उनले पनि मतदान गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हन् ।
हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद छन् ।
यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अध्यक्षता ग्रहण गरेको व्यक्तिले पनि मतदान गरेकोमा विरोध गरेको छ । साथै उसले सदनदेखि आवश्यक सबै ठाउँमा प्रतिवाद गर्ने चेतावनी दिइसकेको छ ।