RUMPUM
animated ellipse animated ellipse

लागु औषधसहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०७६, बिहीबार १५:३६
3
Shares

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले चोकबाट लागु औषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाटतर्फ जाँदै गरेको ना १ ज ८५०९ नम्बरको गाडीमा सवार रहेका त्रियुगा नगरपालिका ६ का २० बर्षीय अमोद महतोको साथबाट डाईजेल्याव ११ एम्पुल, लुपिजेसीक १२ एम्पुल र फेनारागन १५ एम्पुल बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका महतोको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर