AArya
RUMPUM
animated ellipse animated ellipse

विराट आँखा अस्पतालमा सेवा विस्तार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ आश्विन २०७६, शनिबार १८:०२
3
Shares

विराटनगर / विराटनगरस्थित विराट आँखा अस्पतालले नयाँ प्रविधबाट आँखाको उपचार सुरु भएको छ । अस्पतालले ल्याएको अत्याधुनिक प्रविधि मेडिकल रेटिना र सर्जीकल रेटिनाको सेवा विस्तार गरेको हो ।

रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट सेवा सुरु गरेको अस्पतालका सञ्चालक राजेश प्रसाइले जानकारी दिए । आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्नेहरुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता पनि अत्य भएको उनले बताए । रेटिनाको उपचार जापनिज तथा मेरिकन कम्प्यूटराइज प्रविधिबाट उपचार गरिने गरेको छ । ‘यस प्रविधिबाट लेजर गर्दा एकै पटकमा विरामीको लेजर गर्न सकिन्छ,’ उनले भने । रेटिनाका विरामीहरुका लागि अस्पतालले आइ.एन.जे. सेवा पनि सुरु गरेको छ । ‘यो सेवा काठमाडौंपछिको पहिलो अत्याधुनिक सेवा हो,’ उनले भने, ‘रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट चिकित्सवहरूले सेवा दिनेछन् ।’ उक्त अस्पतालमा दैनिक २० देखि ३० जना रेटिनाका विरामीहरू आउने गरेको सञ्चालक प्रसाइले जानकारी दिए ।

रेटिना रोग विशेषयज्ञ डा. अनादी खत्रीले रेटिनाको उपचार गर्दै आएका छन् । अस्पतालले वार्षिक करिब १ लाख बिरामीलाई ओपिडी सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ । तुलनात्मक रुपमा रेटिनाको अपरेसन भने महँगो पर्ने गरेको छ । देशभरमा करिब ३५ वटा आँखा अस्पताल रहेकोमा यस्तो सेवा थोरै आँखा अस्पतालमा मात्रै रहेको छ । यसबाट १ नम्बर प्रदेशका मात्रै नभएर भारतको बिहारलगायतका क्षेत्रबाट आउने बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ ।

भारतमा भन्दा नेपालमा तीन गुणा सस्तोमा आँखा उपचार हुने अस्पतालले जनाएको छ । अस्पतालले उक्त नयाँ सेवा विस्तारका लागि ३ करोड बढीे लागतमा मेसिन जडान गरेको । यस अस्पताल २०६८ साल फागुन ७ गेतदेखि संचालनमा आएको हो ।

अस्पतालले अहिले विना सूई मोतिबिन्दुको शल्यक्रिया सेवा, पर्दा सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर